अर्थ-वाणिज्य

एकै पटक हजारौँ फोनमा एउटै सन्देश प्रसारण गर्ने नयाँ प्रविधि सार्वजनिक



काठमाण्डाै १६ चैत – सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा सञ्चालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सुरुवात गरिएको रिङ्गेजका अध्यक्ष दिपेश रेग्मीले बताउनुभयाे । सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौँ फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रसारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ रहेको रेग्मी बताउनुहुन्छ । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रूपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई भ्वाइस एसमएस पनि भनिन्छ ।

केही महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परीक्षण गरिएको रेग्मीले जानकारी दिनुभयाे । महाधिवेशनमा उमेदवारले प्रतिनिधिहरुूसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए ।चुनावमा भोट माग्न मात्र नभइ कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउनहुन्छ । 

‘यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरी वेब एप्लिकेशनमा अपलोड गरिन्छ’, उहाँ भन्नुहुन्छ, ‘निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन् । फोन नउठेका नम्बरमा कलहरू पुनः डायल हुन्छ । अन्त्यमा त्यसकाे प्रभावकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी छ ।’कम्पनी स्थापनाको एक वर्ष झन्डै पाँच सय जना सेवाग्राहीलाई सेवा दिएर सिस्टमको सफल परीक्षण गरेको रेग्मी बताउनुहुन्छ । टेलिकमको शुल्क र कम्पनीको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैयाँ खर्च लाग्ने बताइएको छ । आउँदा दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा त्याेअनुसार मूल्य समायोजन गरिने रेग्मीले जानकारी दिनुभयाे । यसै प्रविधिको प्रयोग गरी विभिन्न अनुसन्धान, पोलिङ, ग्राहकको गुनासो तथा प्रतिक्रिया सङ्कलन गर्न सकिने सेवासमेत सुरु गरिएको छ । 

रिङ्गेजले टेलिकम कम्पनीहरूको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको छ । सन् २०२१ मा स्थापित कम्पनीले अहिलेसम्म ७० भन्दा बढी जिल्लामा पहुँच बनाइसकेको छ । जसमा ९२ दशमलव ७६ प्रतिशत सहभागितामा ९९ दशमलव ५६ प्रतिशत ग्राहकहरू ब्रोडकास्टमा जोडिएका छन् । ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टमको सेवाका लागि भूगोल र मोबाइल फोनको प्रकृतिले फरक पार्दैन । नेपालको सन्दर्भमा साक्षरता, भाषा र प्रविधिको प्रयोग चुनौतीपूर्ण छ’, भ्वाइस ब्रोडकास्टिङ सिस्टमको निर्माता कम्पनी भक्सक्रोका अध्यक्ष सुसान्त राई भन्नुहुन्छ, ‘यस्तोमा सम्बन्धित संस्था तथा सङ्गठनले सर्वसाधारणलाई उपयुक्त हुने भाषा र शैलीको प्रयोग गरी सूचना सम्प्रेषण गर्न सक्छन् । जुनसुकै किसिमका मोबाइल फोन प्रयोगकर्ताका लागि समान रूपमा उपलब्ध छ । यसो हुँदा सूचनाको पहूँच सिधा र सरल हुन्छ ।’

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६