सर्लाही १७ चैत ।
सर्लाहीको बाग्मती नगरपालिका ७ राजघाटमा क्रेनको ठक्करबाट विद्यालय हिँडेकी छात्राको ज्यान गएको छ । नव जनजागरण मावि कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्रा सुमित्रा परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले ठक्कर दिँदा घटनास्थलमानै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
साइकल चढेर विद्यालय जाँदै गरेकी छात्रालाई बिजुलीको पोल गाड्ने क्रेनले आज बिहीवार दिउँसो ठक्कर दिएको हो । ठक्कर दिने क्रेनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर जलाइदिएका छन् ।
घटनापछि क्रेनका चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकको शव अहिले पनि घटनास्थलमा नै रहेको बताइएको छ ।
प्रतिक्रिया