अर्थ-वाणिज्य

गुल्मीमा अक्सिजन प्लाण्टको सेवा शुभारम्भ :स्वास्थ्य क्षेत्रले धेरै फड्को हानेको पूर्व मन्त्री ज्ञवालीको तर्क




गुल्मी १७ चैत्र । विश्वब्यापी रुपमा फैलिएको कारोना भाइरस तथा कोभिड– १९ का कारण सिङ्गो विश्व नै आक्रन्त बन्यो । कोरोना भाइरसको संक्रमण र अक्सिजन अभावमा कैयौ नागरिकले ज्यान गुमाए । त्यसैको अबस्थालाई मध्यनजर राखेर गुल्मी जिल्लामा स्थापना गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ ।जिल्लामा अक्सिजन अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भनी नेपाल पत्रकार महासघं गुल्मीले अक्सिजन पलान्ट अभियान सुरु गरेको थियो । नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ५० लाख संकलन गरिएको पत्रकार महासघं गुल्मीले जनाएको छ ।
पत्रकारको अभियानलाई हातमा हात र काधँमा काधँ दिएर पूर्व परराष्ट्र मन्त्री तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदीप ज्ञवालीको पहलमा १ करोड बजेट बिनियोजन भएको थियो । गुल्मी जिल्ला अस्पतालमा सञ्चालनमा रहेको अक्सिजन प्लान्टको विहीबार एक कार्यक्रमको आयोजना गरी पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नु भएको हो । प्लान्टको उद्घाटन गर्दै पूर्व मन्त्री ज्ञवालीले महामारीको समयमा विनियोजन भएका बजेटहरु सबै ठाउँमा सदुपयोग नभएको र गुल्मीका सबैको साथ र सहयोगले समयमै संचालन गरेको पूर्वमन्त्री ज्ञवालीले बताए ।
उनले गुल्मी अस्पतालमा ५० वेड र जिल्ला भित्रका ११ पालिकामा १५ वेड क्षमताका आधारभुत अस्पताल निर्माणधिन अबस्थामा रहेका छन् । गुल्मीमा संचालनमा रहेको अक्सिजन प्लान्टले गुल्मी लगायत आसपासका जिल्लाका नागरिकलाई सहजता हुने ज्ञवालीले बताए ।
गुल्मी अस्पतालमा करिब डेढ करोडको लागतमा निर्माण गरिएको अक्सिजन प्लान्टबाट दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन गर्नेगरी प्लान्ट सञ्चलनमा छ । प्लान्टबाट जिल्लामै दैनिक ४० वटा अक्सिजन सिलिन्डर उत्पादन गर्ने क्षमता रहेको गुल्मी अस्पतालले जनाएको छ । अहिले अस्पतालमा प्रतिदिन १० वटा अक्सिजन खपत हुदैँ आएको छ ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६