खोज–अनुसन्धान

सुन पसल लुट्न गएका कृष्णनगरका एक लुटेरा रुपन्देहीमा पक्राउ




रुपन्देही १८ चैत्र । सैना मैनाको सुनपसलमा संचालकलाई कुटपीट गरेर सुन लुट्न गएका कपिलवस्तु कृष्णनगरका एक लुटेरा पक्राउ परेका छन् भने अन्य १ जना फरार भएका छन् । अज्ञात समुहद्धारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला भएको हो ।हिजो साँझ करिब ६ः३० बजेको समयमा सैनामैना वडा न.१,रानवगिया स्थित बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुट्न छिरेका अज्ञात समुहले फलामको घन(ह्म्बर)ले टाउँकोमा प्रहार गर्दा सुनचाँदी सञ्चालक घाइते भएका छन् ।घाइते हुनेमा सो ठाँउ बस्ने अन्दाजी वर्ष ३५का गणेश हमाल रहेका हुन् । घाइते हमलालाई उपचारका लागी बुटवल पठाइएको छ ।

लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समुहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । हमला गरे संगै ति लुटेरा भाग्ने अवस्थामा थिए तर स्थानीयले एक पुरुषलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय रन्यौरालाई जिम्मा लगाएको छ । प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ति लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६