प्रदेश

लुम्बिनी सहित ४३ जिल्लामा भूमि आयोग गठन



काठमाण्डौ १८ चैत ।

सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ।
प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन्।

भूमि आयोगका जिल्ला अध्यक्ष तोकिएकाहरू सत्तारूढ गठबन्धनभित्र रहेका दलका जिल्लास्तरीय नेताहरू रहेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठक भूमि आयोगका अध्यक्ष तोक्ने निर्णय गरेको थियो।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार नै सपथ खुवाइसकेका छन्।

मन्त्री श्रेष्ठले जतिसक्दो छिटो काम गर्न नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरेकी थिइन्। उनले केही समयभित्रै सुकुम्बासीलाई लालपूर्जा दिने गरी तयारी भइरहेको बताइन्।

यसअघि सरकारले २८ जिल्लामा भूमि आयोग गठन गरेको थियो।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६