कृषि

४३ जिल्लामा भुमी आयोग गठन :कपिलवस्तुमा पौडेलको नेतृत्व



काठमाण्डौ १९ चैत्र। सरकारले पछिल्लो पटक १८ जिल्ला सहित ४३ जिल्लामा भूमि आयोग गठन गरेको छ । कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको नेता शिव पौडेलले अध्यक्षमा नियुक्ती पाउनु भएको छ । कपिलवस्तुमा किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेलको नेतृत्वमा आयोगको जिल्ला समिति गठन भएको छ । पौडेलले राष्ट्रिय जनमोर्चा सर्वहारा सुकुम्बासी उत्थान र नेतृत्वको पार्टी भएको हुदाँ र आफु आयोगको अध्यक्ष भएपछी वास्तविक भुमिहिन सुकुम्बासीहरुका क्षेत्रमा जसरी भएपनी पुर्जा दिन पहल गर्ने बताउनु भयो ।राजमोले तीन जिल्ला अध्यक्ष र कतिपय जिल्लामा सदस्य पाएको छ ।

आयोगका सदस्य एवम् अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी केन्द्रीय आयोगको सदस्य नियुक्त भएका हुन् । महासंघकै सिफारिसमा सरकारले बागलुङ, प्युठान र कपिलवस्तुमा राजमो नेताहरुलाई आयोगको अध्यक्ष नियुक्त गरेको हो ।उता यसअघि बागलुङमा धर्म कुँवर र प्युठानमा इमानसिंह खड्कालाई सरकारले आयोगको जिल्ला अध्यक्ष नियुक्त गरेको थियो । राष्ट्रिय भूमि आयोगमा राजमोको उपस्थितीले देशव्यापी वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने र लालपुर्जा दिन पहल हुने आयोगका केन्द्रीय सदस्य भैरवराज रेग्मीले बताउनु भयो ।

प्रकाशित : १९ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६