काठमाडौं १९ चैत । आज बिहान झापामा भ्यानको ठक्करबाट एक शिक्षकको मृत्यु भएको र एक जना घाइते भएका छन् । झापाको अर्जुनधारा नगरपालिका पुष्पलाल चोकनजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा–६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको सवारीको ठक्करका कारण घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।
मृतक निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन । प्र १–०१–००१ च ५१०७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–५ बस्ने ४५ वर्षका अर्जुन उप्रेती घाइते भएका छन् । उनलाई उपचारका लागि बी एन्डी सी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया