खोटाङ १९ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाल गरिब देश होइन रहेछ’ भन्ने राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम आफ्नो पार्टीलाई सत्ताच्युत गरिएको दाबी गर्नुभएको छ । नेकपा एमाले खोटाङले आज शनिवार दिक्तेलको माटिकोरे खेल मैदानमा आयोजना गरेको जनसभाला गर्दै अध्यक्ष ओलीले ‘हामी आफैँ विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम विरोधीले एमालेलाई सरकारबाट हटाएको बताउनुभएको हो ।
वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफैँ बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको देखेर आत्तिएका विरोधीले षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पु¥याएको अध्यक्ष ओलीको भनाइ थियो ।
‘एमालेको नेतृत्वमा विकासको नयाँ लहर सुरु भयो । पुनर्निर्माणको लहर सुरु गर्याे । हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरिब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमविश्वास अगाडि बढायौँ’, उहाँले भन्नुभयो, ‘तर विरोधीहरू आत्तिए । एमालेले सधैँ सरकार बनाउने भयो, हामीहरू आउन नपाउने भयौँ भनेर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।’
कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ पुग्नुभएका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दाबी पनि गर्नुभयो । उहाँले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभइ थप सुदृढ भएको बताउनुभयो ।
दिक्तेलको जनसभालाई सम्बोधन गर्नुअघि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गर्नुभएको थियो ।
प्रतिक्रिया