राजनीति

माधव नेपालसहित १४ सांसदविरुद्ध दायर मुद्दाको सुनुवाइ २७ गते



काठमाडौँ २० चैत – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको निवेदनमा चैत २७ गते पेसी तोकिएको छ ।न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सरेको हो ।

इजलासमा पक्ष र विपक्षका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले मुद्दा आफूले हेर्न नमिल्ने जानकारी गराएका थिए ।
उनले यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले यस मुद्दाको सुनुवाइमा बस्न नमिल्ने बताएका हुन् ।

उनले इजलासमा नबस्ने भनेपछि निवेदकका कानुन व्यवसायीहरुले इजलासबाट सुनुवाइको मिति तोकिनुपर्ने माग राखेका थिए ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६