अर्थ-वाणिज्य

बजेटकालागि उद्योग मन्त्रालयद्वारा उद्योगी व्यवसायीका सुझाव संंकलन




गुल्मी २० चैत्र । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयद्वारा गुल्मीका उद्योगी व्यवसायीहरुसँग तम्घासमा सुझाव तथा समस्याहरु संकलन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा बनाउने निती तथा बजेट कार्यक्रममा उद्यमीहरुका समस्या राख्ने उदेश्यले जिल्लाका उद्योगी व्यवसायीहरुका समस्या र सुझाव लिइएको हो ।जिल्लाका बिभिन्न उद्योगी व्यवसायीहरुको सहभागितामा समस्या र सुझाव संकलन गरिएको छ ।विगतका वर्षमा उद्यमी व्यवसायीहरुका वास्तविक समस्याको पहिचान नभएको हुँदा सरकारको तर्फबाट उद्यमीहरुका समस्या समधान गर्नुपर्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । गुल्मी जिल्लाका उद्यमी व्यवसायीहरुले निति नियम प्रष्ट नहुनु,क्रसर उद्योग संचालनमा समस्या, पर्यटन पुर्वाधारमा कसैको चासो नजानु, महिला उद्यमीले सहज रुपमा कर्जा नपाएको समस्या रोखेका थिए । अनुदान दिने कार्यक्रममा पहुँचको आधारमा वितरण गरिएको र वास्तविक अनुदान पाउने कृषकले नपाएको जस्ता समस्या राखेका थिए ।
लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव हेमराज सुबेदीले कुनै पनि व्यवसाय संचालन गर्नुभन्दा पहिले राम्रोसँग त्यसबारे बुझनुपर्ने बताए । पछिल्लो समय व्यवसाय संचालन गर्ने तर आवश्यक ज्ञान नहुँदा धेरै व्यवसायले घाटा व्यर्होनु परेको उल्लेख गरे । व्यवसाय संचालन गर्दा एउटाले संचालन गरेको व्यवसाय आर्कोले संचालन गर्दा प्राय घाटा हुने गरेको उनको भनाई छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६