खोज–अनुसन्धान

प्रदेश कै पहिलो भेन्टीलेटर सहीतको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण




कपिलवस्तु २० चैत्र ।कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पताललाई भेन्टीलेटर सहीतको सुबिधा संपन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । मेयर किरण सिंह र प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादव र मेसु किशोर बन्जाडेलाई क बर्गमा पर्ने एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन । गत माघ १८ गते नगरपालिकाले ७२ लाख २१ हजार १९३ मुल्यको सो एम्बुलेन्स खरिद गरी ल्याएको थियो ।नगरपालिकाले जटील खालको बिरामीलाई लक्षित गरी फोर्स कम्पनीको एम्बुलेन्स ल्याएको थियो । कोरोनाका सिकिस्त बिरामी र जटिल खालका बिरामीको उपचारमा सहजता ल्याउनकालागि आफुहरुले सो एम्बुलेन्स किनेर ल्याएको मेयर सिंहले बताए । उनले हस्तान्तरण गरिएको एम्बुलेन्सलाई अस्पतालले सही तरिकाले संचालन गर्नु पर्ने बताए ।
उनले अस्पतालकालागि चाहिने अरु कुराहरु पनि सहयोग गरिने बताए । काठमाण्डौको प्राईम अटो टेक्स प्रालिले भारतबाट खरिद गरी सुनौली नाका हुदै नगरपालिकालाई उपलब्ध गराएको थियो । यति सुबिधा संपन्न एम्बुलेन्स लुम्बिनी प्रदेश कै पहिलो भएको भन्दै मेसु बन्जाडेले अस्पतालमा बिरामीको उपचारमा सहजता ल्याएको बताए ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६