खोज–अनुसन्धान

कपिलवस्तुका २ लाख सहित लुम्बिनीमा १३ लाखलाई नयाँ खोप




कपिलवस्तु २१ चैत्र । लुम्बिनी प्रदेशमा यही चैत २२ देखि सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाइनेछ । प्रदेशमा चैत २८ सम्ममा सबै बालबालिकालाई खोप लगाएर सक्ने योजना रहेको उनले बताए । बालबालिकाहरुलाई विद्यालयमै केन्द्र तोकेर खोप दिइनेछ ।सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँदैछ । देशभरमा यो उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइएको उनले जानकारी दिए । उनले खोप अभियान सकिएको अर्को महिनादेखि यो खोपलाई नियमित खोपको सूचीमा राखेर १५ महिना पुगेका बालबालिकाहरुलाई दिन सुरु गरिने पनि बताए ।

यता कपिलवस्तुमा टाइफाइड रोग विरुद्ध यही चैत २२ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुको लागि खोप अभियान सञ्चालन हुने भएको हो । सो खोप अभियानका लागी एक लाख ५० हजार डोज खोप शुक्रबार नै आईसकेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । आफुहरुलाई एक लाख ८४ हजार बालबालिकालाई खोप लक्ष्य दिएको भएता पनि २ लाख बढी बालबालिकालाई खोप लगाउने तयारी रहेको प्रमुख पाण्डेको भनाई छ ।उनका अनुसार जिल्लामा खोप लगाउने बालबालिकाको संख्या यकिन गर्दा २ लाख बढी देखिएकाले सो संख्यामा खोप लगाउन तयारी भएको हो । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्रहरु विद्यालयमा सञ्चालन गरिने छ भने अपाई पर्ने तथा अन्यत्र खोप केन्द्र भएका ठाउँमा सोही अनुसार खोप अभियान सञ्चालन गरिने उनले बताए ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६