प्रदेश

यस्तो छ आजको मौसम



काठमाण्डाै २१ चैत – काठमाण्डौ उपत्यकासहित पडाही क्षेत्रको मौसम सुधार हुन थालेको छ । हिजो अस्ति यतिबेला काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने गरेको थियो ।

आज भने मौसम आंशिक मात्रै बद्ली भएको र बिहानैदेखि घाम लागेको छ । मौसमविद् हिरा भट्टराईकाअनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव कमजोर बन्दै गएकाले मौसममा सुधार हुन थालेको हो । यो प्रणालीको प्रभाव हट्दै जाने भएकाले दिउँसाेदेखि मौसम पूर्ण रुपमा खुल्ने पनि उहाँले बताउनुभयो ।

यस्तै, आज बेलुका पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका एक दुई ठाउँमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रि मनसुनको समय भएकाले पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षको सम्भावना रहेको माैसमविदको भनाई छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६