जीवनशैली

चिकित्सा शिक्षा परीक्षा दिन नक्कली विद्यार्थीको प्रयोग : २ लाख देखि १८ लाखसम्मको ‘डिल’



काठमाडौँ २१ चैत : भक्तपुरको सानो थिमिस्थित चिकित्सा शिक्षा आयोगद्वारा संचालित चिकित्सा शिक्षा स्नातक तहको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली प्रवेश पत्र र नेपाली नागरिकता सहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा महोत्तरीका २२ वर्षीय अमर पण्डितले सिसिआरसी कलेजमा वृकेश यादवको परीक्षा दिएको खुलेको थियो। अर्का अभियुक्त सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी हुन्। उनले आजित कुमार यादव (रोल नम्बर११४०९) को नाममा परीक्षा दिइरहेको अवस्थामा समातिएका थिए।

किष्ट कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत सप्तरीका २६ वर्षीय आशिष यादव समेत समातिएका छन्। उनले रुपन्देही, ओमसतियाका २० वर्षीय स्मित सिंह (रोल नम्बर१३७७२) को नाममा परीक्षा दिइरहेको अवस्था समातिएका थिए। महोत्तरीका २३ वर्षीय सन्नी कुमार साह (रोल नम्बर १०६६५)को नाममा एम्बिसन कलेजमा परीक्षा दिइरहेको अवस्थामा ईस्तियाख अहमदलाई पक्राउ गरिएको हो।

महोत्तरीका २३ वर्षीय सन्नी कुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनले भारत बस्ने वर्ष २४ वर्षीय ईस्तियाख अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाएको खुलेको छ। उनीहरूले ‘फ्रि स्कलरसिप’मा एमबिबिएस पढिरहेका थिए। आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर परीक्षा दिन लगाइएको खुलेको छ।

यसरी परीक्षामा उत्तीर्ण गराए बापत २ लाख रुपैयाँ देखि १८ लाखसम्म रकम दिने खुलेको छ। उनीहरूले ५० हजारदेखि २ लाख रुपैयाँसम्म एडभान्स दिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

सक्कली परीक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीहरूको फोटो टाँसी फर्म भराउने गरिएको थियो। नक्कली प्रशिक्षार्थी चयन गर्दा सकभर मिल्दो-झुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली प्रशिक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसी फर्म भर्ने गरेको एसपी कोइरालाले जानकारी दिए।

भारतीय मूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारी अग्रिम भुक्तानी दिई नक्कली परीक्षार्थीको रूपमा प्रयोग गरेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६