रामेछाप २२ चैत – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज साेमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अहिलेकाे परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाकाे भनाइ छ ।
आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएकाे उहाँले दाबी गर्नुभयाे । गएकाे १५ वर्षकाे बीचमा राप्रपा नेपालबाट पनि कमजाेरी भएको स्वीकार्दै अध्यक्ष थापाले नेतृत्वमा आफू रहेकाले माफी दिन जनतासँग आग्रह गर्नुभयाे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका झन्डै ३० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया