जीवनशैली

सर्वोच्चद्वारा रमेश सिलवालको रिट खारेज



काठमाडौं २२ चैत । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव रमेश सिलवालले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै दायर गरेको रिट खारेज गरेको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेसँगै सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई हटाएर वर्तमान देउवा सरकारले घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका थिए ।

लामो समयसम्म राखेप नेतृत्वको विवाद अदालतमा थाती रहँदा नेपाली खेलकुद क्षेत्रको नीतिगत र मुख्य कामहरु प्रभावित भएको थियो ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६