खोज–अनुसन्धान

कांग्रेस कार्यकर्ताको उम्मेदवार घोषणा गर्ने चटारोले गठबन्धन धरापमा




बुटवल २३ चैत । सत्ता गठबन्धनमा चुनावी तालमेललाई नेपाली कांग्रेसको ब्यवहारले धरापमा पारेको छ । रुपन्देहीको तिलोत्तमा नगरमा यस्तो अवस्था आएको हो । प्राप्त जानकारी अनुसार सत्तारुढ पांच दलका स्थानीय नेताहरु बीच स्थानीय तहमा समेत गठबन्धन गरेर जाने सहमती गरेको एक घण्टा नबित्दै नेपाली कांग्रेसले उम्मेदवारहरुको नाम सार्वजनिक गरेपछि गठबन्धनका अन्य दलहरु रुष्ट बनेका छन्।तिलोत्तमा नगरपालीकामा क्रियाशिल रहेका सत्तारुढ गठबन्धनका स्थानीय कमिटीका पदाधिकारीहरुको सोमवार सम्पन्न बैठकले स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन सम्बद्ध दलहरुबीच सहकार्य गरेर जाने निर्णय गरेको थियो।

तर सहकार्य गरेर जाने सहमती गरेको एक घण्टा नबित्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले सामाजिक सन्जालमा तिलोत्तमा नगरपालिकाका वडा अध्यक्षका उम्मेदवारहरुको नाम धमाधम सार्वजनिक गरेपछि अन्य दलहरु बिच्केका छन्।नेपाली काग्रेसले तिलोत्तमाका १७ वडा मध्ये ११ वटा वडामा सर्बसम्मत उम्मेदवारहरु चयन भएको भन्दै धमाधम बधाई सहित नाम सार्वजनिक गरेका छन्। जसअनुसार वार्ड न ४ मा गोबिन्द भुसाल,वार्ड न ५मा रमेश डुम्रे,वार्ड न ६ मा गणेश पाठक, वार्ड न ७ मा दिलमणि पङ्गेनी,वार्ड न ८ मा केशव राज अर्याल, वार्ड न ९ मा धुर्ब न्यौपाने,वार्ड न १० मा मन बहादुर गुरुङ,वार्ड न ११ मा तेज बहादुर कुवर,वार्ड न १३ मा नारायण ढकाल,वार्ड न १६मा झबि भुषाल र वार्ड न। १७ मा दान बहादुर चौधरीको नाम घोषणा गरिएको छ।

यसरी कांग्रेसले उम्मेदवारहरुको नाम सार्वजनिक गरेपछि ति वडामा रहेका अन्य दलकातर्फबाट वडा अध्यक्षका आकांक्षीहरु असन्तुष्ट देखिएका छन्। उनीहरुले पार्टीको नेतृत्व संग सहमती गर्दागर्दै कांग्रेसले उम्मेदवार सार्वजनिक गर्ने गरेपछि आफुहरुले नपाउने स्थिती बनेको भन्दै पार्टी नेतृत्वसंग असन्तुष्टि जनाई सकेका छन्।नेपाली कांग्रेस तिलोत्तमा नगरसभापति हरिलाल पाण्डेले पार्टी केन्द्रले चैत ३० गते भित्र पार्टीका उम्मेदवारहरुको नाम सिफारीस गर्नु भनेकोले सर्वसम्मत भएका वडाहरुको नाम सार्वजनिक गरिएको र अन्य वडामा पनि सर्बसम्मत गराउने प्रयास भई रहेको बताए।हामीले केन्द्रले भने अनुसार निर्णय गरेका हौं पछि सहमती भयो भने फिर्ता हुनु पर्छ भनेका छौं पाण्डेले भने।

पांचदलीय गठबन्धन गरेर जाने सहमती गरेपनि नेपाली कांग्रेसले नाम सार्वजनिक गर्नु सहकार्यको सहमतीको भावना बिपरीत भएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेल प्रसाद शर्माले बताए।हामीले यस्तो नहोस भनेका थियौं कांग्रेसका नेताहरुले सैद्धान्तीक सहमती गरेपछि नाम सार्वजनिक गर्न हुदैनथ्यो तर सार्वजनिक गर्नु भयो। वडा बांडफाड भएपछि मात्रै उम्मेदवार सार्वजनिक गरेको भए हुन्थ्यो शर्माले भने।पार्टीको सर्बसम्मत उम्मेदवार हूं भनेर प्रचारमा लागि सकेकाहरुलाई फिर्ता गराउन गाह्रो पर्छ भनेर हामीले आन्तरिक रुपमा तय भएका नामहरु सार्वजनिक गरेका छैनौं शर्माले थपे।

बिगतमा पनि कांग्रेसले अस्थीत्व स्विाकार गर्न नसक्दा सहकार्य गर्ने बतावारण बनेन अहिले धमाधम नाम सार्वजनिक गरेपछि कसरी अगाडीको बाटो सहज होला रु उनले गठबन्धनको सहमती प्रति आशंका गरे।सोमवार नेपाली काङ्ग्रेस नगर सभापति हरिलाल पाण्डे ,नेकपा माओवादी केन्द्र नगर अध्यक्ष बेल प्रसाद शर्मा,नेकपा समाजवादी अध्यक्ष राजेन्द्र सुवेदी, राष्ट्रिय जनमोर्चा प्रतिनिधि शिव राम घिमिरे,नेपाली काङ्ग्रेस उपसभापति कल्याण पौडेल,नेकपा समाजवादी इन्चार्ज कृष्ण भुसाल र राष्ट्रिय जनमोर्चा प्रतिनिधि टान बहादुर केसि लगायतको उपस्थीतीमा सहकार्य गरेर जाने सैद्धान्तीक सहमती भएको थियो।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६