काठमाण्डाै २३ चैत – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दोस्रो जित निकालेको छ ।
वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लाेरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लाेरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
बेङ्ग्लाेरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे । राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
राजस्थानका जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लाेरका डेभिड विलि, वानिन्दु हसरङ्गा डी सिल्भा र हर्सल पटेलले १/१ विकेट लिए । जितसँगै बेङ्ग्लाेरले ३ खेलमा ४ अङ्क जोडेको छ । राजस्थानको ३ खेलमा ४ अङ्क छ ।
प्रतिक्रिया