काठमाडौं २३ चैत -नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनु भएको छ ।
घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ३७२ मत प्राप्त गर्नु भएको छ ।
नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म ११ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगडी र सिरहाको मतगणना सम्पन्न भएको हो । सर्वोच्च अदालत बार एशोसिएशनको ३०० मत गणना भएको छ भने ललितपुर बार एशोसिएशनको १५० मत गणना भएको छ ।हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता छ ।
महासचिवमा हालसम्म अन्जिता खनालले ६९७ र केदारप्रसाद कोइरालाले ४४३ मत प्राप्त गर्नु भएको छ । कोषाध्यक्षमा भरतबहादुर राउतले ७५३ र जगतबहादुर कार्कीले ३९२ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया