अर्थ-वाणिज्य

मन्त्री थारुद्वारा दाङमा शुभारम्भ : एकैसाथ पुग्यो कपिलवस्तुका विद्यालय




कपिलवस्तु २३ चैत्र । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगउन सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाउले लक्ष्य छ । सोही लक्ष्य अनुसार वुधवार दाङबाट प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा देउखुरीको गोबरडिहामा टाइफाइड बिरुद्दको खोप अभियान स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उद्घाटन भएको छ ।
यता कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोतिपुर स्वास्थ्य चौकीको आयोजनामा वडाका विभिन्न विद्यालयहरुमा अध्ययनरत १५ वर्षमुनिका बालवालिकाहरुलाई खोप प्रदान गरिएको छ । विशेष गरी १५ महिना देखि १५ वर्ष उमेर समुहका बालवालिकाहरुलाई दिइने सो खोप विद्यालय उमेरका बालवालिकाहरुलाई विद्यालयमै स्वास्थ्यकर्मीको टोली पुगेर दिएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ का करिब १७० बढी विद्यार्थीलाई आज खोप दिइएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
चैत २८ सम्म संचालन हुने खोप अभियानमा सबै बालबालिकालाई खोप लगाएर सक्ने योजना रहेको उहाँले बताउनुभयो । बालबालिकाहरुलाई विद्यालयमै केन्द्र तोकेर खोप दिइएको छ । यस्तै विद्यालयमा खोप लगाउन छुटेकाहरुलाई चैत्र २९ गते टोल स्तरमा खोप कार्यक्रम संचालन हुने बताइएको छ ।सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँने अभियान सुरु गरेको हो । देशभरमा यो उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइए अनुसार अहिले कपिलवस्तुका प्राय सबैजसो पालिकामा खोप अभियान संचालन भईरहेको छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६