जीवनशैली

करेन्ट लागेर सुपरभाइजरको मृत्यु



सडक निर्माणको काममा रहेका एक जना सुपरभाइजरको करेन्ट लागेर मृत्यु भएको छ। रौतहटको परोहा नगरपालिका ४ लौकाहामा करेन्ट लागेर सडक निर्माणको काममा रहेका सुपरभाइजरको मृत्यु भएको हो।

मृत्यु हुनेमा परोहा नगरपालिका ४ का सुपरभाइजर ४० वर्षीय चन्द्रिका यादव रहेका छन्। टिपरले गिटी खसाल्ने क्रममा बिजुलीको तारले यादवलाई करेन्ट लागेको थियो। लौकाहा गाउँमा सडक कालोपत्रे गर्ने कामको लागि यादव सुपरभाइजरमा कार्यरत थिए।

सोही कामको लागि आएको प्रदेश नम्बर २–०३–००१–६–१८७० नम्बरको टिपरले गिटी खसालिरहेको थियो। गिटी सखाल्ने क्रममा नै सुपरभाइजर यादवलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर मृत्यु भएपछि यादवको शवलाई पोस्ट मार्टमको लागि जिल्ला अस्पताल गौर पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६