अर्थ-वाणिज्य

कर्णालीका उत्पादन प्रादेशीक अस्पत्ताल बुटवलमा खपत गर्ने संझौता




वुटवल२४ चैत्र । लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी ६ बुँदे सम्झौता भएको छ । समझदारी पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। इन्द्र ढकाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा। निकेश थापाले बुधबार हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर काम गर्ने छन् । सो अनुसार आउँदो असोज १ गतेदेखि ३ जना एमडीजीपी विद्यार्थीहरु आउनेछन् भने क्रमशः नर्सिङ, एमडीरएमएस अध्ययन गर्ने विद्यार्थीहरु पनि आउने छन् ।
यो सम्झौताले विरामीले सहज र छिटो सेवा पाउनुका साथै उपचारको गुणस्तरमा पनि सुधार हुने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। इन्द्र ढकालले बताए । ‘खासगरी शल्यक्रियाका लागि पालो कुरेर बसेका विरामीले छिटै पालो पाउने छन’ डा। ढकालले भने ।सम्झौतापछि लुम्बिनी प्रादेशिक अस्पताल शैक्षिक गतिविधिमा आवद्ध हुने र चिकित्सकहरुलाई प्रक्रिया पु¥याएर शिक्षक बनाउन सकिने ढकालले बताए । कर्णालीबाट आउने विद्यार्थीलाई लुम्बिनी प्रादेशिक अस्पतालले निःशुल्क आवास सुविधा उपलब्ध गराउने छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा। निकेश थापाले प्रतिष्ठानमा विरामीको चाप कम हुने तर विद्यार्थी धेरै भएकाले बिरामीको चाप धेरै भएको लुम्बिनी प्रादेशिक अस्पतालसंग सहकार्य गरेको बताए । भविष्यमा प्रतिष्ठानमा अध्यापन हुने ९ वटै विषयका विद्यार्थी पठाउने डा। थापाले बताए ।कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा। विकास देवकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक दशकको अवधिमै अब्बल सावित गरेको उल्लेख गर्दै अन्य प्रदेशका अस्पतालसंग पनि यस्तै सम्झौता गर्न सुझाव दिए ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६