जीवनशैली

सर्लाहीमा गोली लागेर भारतीय युवकको मृत्यु



काठमाण्डाै – सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली लागेर एक भारतीय युवकको ज्यान गएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत घोषणा गरेका थिए । सर्लाहीका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाका अनुसार मृतक महतोको पाखुरासहित शरीरका तीन ठाउँमा गोली लागेको थियो ।

महतोलाई मोटरसाइकलमा भारतबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली हानेर फरार भएका हुन् । सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले फरार व्यक्तिको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान चलिरहेको बताउनुभयो।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६