प्रदेश

म मन्त्रालय आएपछि थुप्रै सुधारका काम भइरहेकाे छ : मन्त्री आले



काठमाण्डाै २४ चैत – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेको बताउनुभएको छ ।

आज बिहीवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै काम भइरहेको बताउनुभएको हो । उहाँले आफ्नो मन्त्रालयमा थुप्रै फोहरका डङ्गुरहरू रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘विगतदेखि थुप्रै फोहोरका डङ्गुरहरू मन्त्रालयभित्र छन् । चाहे त्यो नारायणहिटीको कुरा गर्नुस्, चाहे पशुपति धर्मशालाको कुरा गर्नुस्, चाहे चार्टर्ड फ्लाइटमा भएका भ्रष्टाचारका कुरा गर्नुस् । म राजनीतिमा प्रवेश गरिसकेपछि राजनीतिलाई पेसा कहिल्यै बनाइनँ । राजनीतिमा सेवाको भावले प्रवेश गरेको छु । जबसम्म म कुर्सीमा बस्छु, तीन करोड नेपाली जनताको शिर ननिहुरिने गरी काम गर्छु । मलाई कुनै चिजको लोभ छैन । एअरपोर्टमा ट्याक्सीवालाको लुटपाट हुन्थ्यो, श्रमिकहरू वैदेशिक रोजगारमा जाँदा म्यानपावरदेखि विभिन्न ठाउँमा ठगिने गर्थे, ती सबै समस्या समाधान भएकाे छ ।’

मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक–हितको पक्षमा आफू सधैँ उभिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६