काठमाण्डौ २६ चैत – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा अहिले मौसम धुम्मिएको छ ।
स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम धुम्मिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धुम्मिएको मौसम पर्सिदेखि भने बिस्तारै सुधार हुँदै जाने सम्भावना छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही भू–भागमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।
मौसम बद्ली भएका यी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनु यो । तर ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । तराईका प्राय सबै क्षेत्रमा आज पनि दिनभरि नै पारिलो घाम लाग्नेछ।
प्रतिक्रिया