अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसको स्वीकार



युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसले स्वीकार गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धका क्रममा रुसी सेनातर्फ भएको क्षति निकै दु:खदायी भएको बताउनुभएको छ। गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । आज ४५औँ दिन पुगिसकेको छ ।

गएको मार्च २५ मा रुसको रक्षा मन्त्रालयले युद्धमा आफ्ना एक हजार तीन सय ५१ जना सैनिक मारिएको बताएको थियो । तर युक्रेनले झन्डै १९ हजार रुसी सैनिक मारिएको दाबी गर्दै आएको छ। रुस र युक्रेनमा युद्धमा ज्यान गुमाएका सेनाको यकिन तथ्याङ्क भने सार्वजनिक हुन सकेको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता पेस्कोभले बेलायती टेलिभिजन च्यानल स्काइ न्युजसँगको कुराकानीमा युद्धको लक्ष्य प्राप्त हुने दाबी समेत गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदबाट रुसलाई निष्कासन गरेपछि पेस्कोभको यो प्रतिक्रिया आएको हो।

परिषद्ले युक्रेनको मानव अधिकार तथा मानवीय सङ्कटप्रति चासो व्यक्त गरेको छ । युक्रेनको बुचामा भएको घटनामा रुसी सेना जिम्मेवार रहेको आरोपलाई पेस्कोभले अस्वीकार गर्नुभएको छ। साथै उहाँले वार्ताबाट युद्ध अन्त्यका उपायको खोजी भइरहेको समेत बताउनुभएको छ ।

रुसले युक्रेनको किएभबाट आफ्ना सेना हटाउँदै आक्रमणलाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । पछिल्लो पटक हिजो पूर्वी क्षेत्रको क्रमातोस्कामा रहेको रेल स्टेशनमा रुसले गरेको रकेट आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६