काठमाण्डाै २६ चैत – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।
मुम्बईमा चेन्नईले दिएको एक सय ५५ रनको लक्ष्य हैदराबादले दुई विकेट गुमाएर १४ बल बाँकी रहँदै भेट्टायो ।
हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले सात विकेट गुमाएर एक सय ५४ रन बनायो । उसका लागि मोइन अलीले सर्वाधिक ४८ रन बनाए ।
चेन्नईले आजसहित लगातार चार खेलमा हार्दै अङ्क बटुल्न सकेको छैन । तीन खेलमा दुई अङ्क बटुल्दै हैदराबाद आठौँ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया