जीवनशैली

हर्ट विट एफ.एम.द्धारा शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न



कपिलवस्तु २८ चैत । म्याजिक ईन्टरटेनमेन्ट मिडिया प्रा.लि.द्धारा संचालित हर्ट विट एफ. एम. ९१.३ मेगाहर्जले नव बर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम आज रेडियोको आफ्नै कार्यालयमा सम्पन्न भएको हो । भित्तेपात्रो रेडियोका अध्यक्ष धातानन्द भूसाल, कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका लेखा समिति संयोजक मोहन न्यौपाने, रेडियोका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण प्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष तुल्सी प्रसाद अर्याल, कोषाध्यक्ष केशव सापकोटा, रेडियोका सल्लाहकार सदस्य क्याप्टेन गंगा बहादुर कार्की, रेडियोका स्टेशन म्यानेजर हरि घिमिरेसहित सम्पूर्ण रेडियोका संचालकहरुले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले समाज रुपान्तरणमा हर्टविट एफ.एम.ले स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महासचिव पौडेलले यस रेडियोले जनता समक्ष सदैव निष्पक्ष समाचार सम्प्रेषण गरेर जनतालाई सुचित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अहिले देशको अर्थतन्त्र जटिल मोडतर्फ गईरहेको बताउँदै यस्तो अवस्थाको बारेमा रेडियोले सत्य निष्पक्ष समाचार जनता समक्ष पुर्याउन आवश्यक रहेको बताउनुभयो । आग्रह पुर्वाग्राह विना हर्ट विटले विगतदेखि नै समाचारहरु सम्प्रेषण गरेको भन्दै पौडेलले भित्तेपात्रो विमोचन कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । उहाँले सम्पूर्णमा नव बर्षको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै रेडियोका अध्यक्ष धातानन्द भूसाले हर्टविट एफ.एम. कुनै पनि राजनितिक दलको मुख पत्र नभई अघि बढेको जिकीर गर्नुभयो । जिल्लाका अन्य मिडिया कुनै पनि राजनितिक दलको मुख पत्र भएर काम गरेको विषय समाजमा सुनिने गरेको तर यस रेडियोप्रति कसैले पनि त्यो टिप्पणी नगरेको उहाँको भनाई छ । कार्यक्रका अध्यक्ष समेत रहनुभएका भूसालले हर्टविट एफ.एम.ले सदैव सबैको साझ मुखपत्र भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सम्पूर्णमा नव बर्षको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

रेडियोका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण प्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रेडियोलाई यहाँसम्म ल्याउन सबैको भूमिका प्रशंसनिय रहेको बताउँदै आगामी दिनमा पनि सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रम एफ.एम.का सहायक स्टेशन म्यानेजर हरि आचार्यको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६