ब्रेकिंग न्युज

कांग्रेस कोटावाट कुन नेताकी पूर्व गर्लफ्रेण्ड राजदूत सिफारिसमा परिन त ?




काठमाडौ २८ चैत्र । निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनका निम्ति आचारसंहिता जारी गर्नु २० घण्टा अगावै सरकारले क्याबिनेट बैठक राखेर बिहीबार एक सय वटाभन्दा बढी नियुक्ति र निर्णय गरेको छ । त्यसमध्ये २० जना राजदूत एकैचोटि तोकिएका हुन् ।मुलुकको प्रतिनिधित्व गर्नुपर्ने सम्मानित पद पछिल्लो समय बाँदरको हातमा नरिवल भएको छ । आफ्ना नातेदार,आसेपासे र विशेष सम्बन्ध भएकालाई देशको प्रतिनिधि बनाएर बाहिर पठाउनुलाई धेरैले रुचाएको पाइएन ।राजनीतिक दलका नेताहरु एकले अर्कोलाई दोष लगाए पनि उक्त प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । सरकार फेरिँदा पात्र फेरिने तर प्रवृत्ति नफेरिने रोग यसपटक पनि देखिएको छ ।
त्यहि प्रवृत्तितर्फ संकेत गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहनुभएको वर्तमान क्याबिनेटको उक्त निर्णयलाई काँग्रेसकै नेताहरुलै तीखो टिप्पणी गरेका छन् । काठमाडौंका काँग्रेसी नेता लोकेश ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैका पूर्व गर्लफ्रेण्ड पनि राजदूत भए रमाइलो काँग्रेसका नेताले काँग्रेसकै नेताप्रति लक्षित गरेको उक्त टिप्पणी र व्यंग्य कोप्रति लक्षित होला भनेर सबैले आशंका गरेका छन् । ढकाल निकट एक जना काँग्रेसी नेताले भने, ‘सबै छर्लङ्ग छ,बुझ्नलाई के गाह्रो भयो र ?

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६