प्रदेश

सरकारले चुनाव सार्ने षड्यन्त्र गरेको अध्यक्ष ओलीको आरोप




काठमाण्डौं, २९ चैत्र । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आउँदो वैशाख ३० गते हुने पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको तर्क गर्नुभयो ।

नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पालिका चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले चुनाव सारेर पालिकालाई रिक्त बनाउने २०५९ सालमा आफैँले गरेको गरेको गल्ती दोहोर्‍याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको छ । चुनाव सारेर पालिका तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ रु लोकतन्त्र समाप्त पारिदिने । अहिले विप्लवलाई अगाडि सार्नुभएको छ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आउँदो वैशाख ३० गते हुने पालिका चुनाव सार्न मिल्दैन । यो देशको हितविरुद्धको षड्यन्त्र हुन्छ । यो षड्यन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’

अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दबाब दिनुभयो । त्यस त्यो बहानामा चुनाव सार्न नहुने उहाँको भनाइ छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६