अर्थ-वाणिज्य

नयाँ नेपालका बालवालिकालाई नैतिक शिक्षाको आवश्यकता




भगवती न्यौपाने
कपिलवस्तु २९ चैत्र। देशलाई समृद्ध बनाउन बालबालिकालाई नैतिक शिक्षाको आवश्यक पर्ने प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमानले बताउनु भएको छ । उहाले पछिल्लो समय समाजमा विकृति फैलिदै गएको बताउदै युवाहरुमा संस्कृति, अनुशासन र सभ्यताको शिक्षा आवश्यक रहेको स्पष्ट पार्नु भयो । साथै उहाले अहिलेको पैसाको शिक्षा भएको बताउदै मान्छे पैसाको पछि लाग्दा आफन्त र दाजुभाइमा पनि ठुलो लडाइँ भएको बताउनु भयो । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कपिलवस्तुको चौथो राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
यस्तै भारतका लागि पुर्व राजदुछ दिपकुमार उपाध्यक्षले जेष्ठ नागरिक देशको अमुल्य सम्पति भएको बताउदै जेष्ठनागरिकलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाले जेष्ठ नागरिक संग भएको अनुभव, सीप र शिक्षा पछिल्लो पुस्तामा हस्तान्त्रण गर्न गर्न सके समाज नै नैतिकवान हुने औल्याउनुभयो ।
केन्द्रीय उपाध्यक्ष गंगाराम गिरिले सझाव सहित प्रतिवेदन राख्दै समाजमा भएको विकृति हटाउने, देशमा भएको भष्टचार अनियमिता अन्त्य हुनु पर्ने, महिलालाई एकल भत्ता पाउँदा पुरुषले पनि पाउनु पर्ने , अझै पनि गाडीमा छुट नभएको हुर्दा छुट पाउनु पर्ने लगायतका कुराहरु सरकारर सँगको माग रहेको बताउनु भयो । कार्यक्रममा कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई , राष्ट्रिय जेष्ठ नागरिक समाज केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद पौडेल, राष्ट्रिय जेष्ठ नागरिक समाज केन्द्रीय महासचिव वासुदेव पौडेल, बाणगंगा नगरपालिकाको कार्यपालिका सदस्य योगनाथ सुनार, राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल वाणगंगा नगरपालिका अध्यक्ष भेषराज कुवर, बुद्ध भुमि नगर अध्यक्ष नेत्र प्रसाद अध्यक्ष ,शिवराज नगरका थानेश्वर खनाल केन्द्रीय सल्लाहकार शिव चन्द्र आचार्य, लगायतले कार्यक्रममा बोल्दै पछिल्लो समय जेष्ठ नागरिकलाई बृद्धाश्रममा छोड्ने क्रम बढेको बताउदै जेष्ठ नागरिकलाई बृद्धाश्रम नभई घरपरिवारमा माया र सहयोग आवश्यक भएको बताउनुभएको थियो ।
श्री पेच होटेल दरखास्तमा भएको कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल केन्द्रीय कार्य समिति चन्द्रकान्त आचार्यको अध्यक्षता, गोविन्द सिंह विष्टको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कविराज भुषाल र आर टि खानले गर्नु भएको थियो । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा सिद्र्धाथ क्याम्पसका पुर्व क्याम्प प्रमुख बालाराम ज्ञवाली, बुद्धिजीवी देविबहादुर पोख्रेल लगायत कन्चनपुर देखि पुर्व सप्तरी सम्मका जेष्ठ नागरिको उपस्थित रहेको थियो ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६