खोज–अनुसन्धान

एमालेवाट तिलोत्तमा र शिद्धार्थ नगरमा को को भए सिफारिस




बुटवल २९ चैत, । नेकपा एमालेले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदको लागि चार जनाको नाम सिफारिस भएको छ ।एमाले तिलोत्तमा नगर कमिटीको बैठकले मेयरमा बहालवाला मेयर बासुदेव घिमिरे, निवर्तमान नगर अध्यक्ष मोहन चापागाई, क्षेत्र नंं १ इन्चार्ज यज्ञ गैरे र मजदुर नेता दिनेश फुल्लेलको नाम सिफारिस भएको छ ।एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेका अनुसार उपप्रमुख बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफारिस भएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिकामा एमालेबाट मेयरमा आठ जना सिफारिस भएका छन् । जसमा भरत पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा। रामप्रसाद बस्याल, राजेन्द्र पन्थी, जीवलाल अर्याल, अर्जुन गिरी र हरिप्रसाद अधिकारीको नाम सिफारिस गरिएको नगर सचिव नारायणप्रसाद भण्डारीले बताए । अधिकारी हालका मेयर हुन् । उनी विगतमा माधव नेपाल पक्षमा खुलेका थिए ।उपमेयरमा भने तीन जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६