काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मिलेर एमालेलाई चुनावी लडाईंमा हराउनुपर्ने बताएका छन् ।
जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरीलाई माओवादीमा पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले एमालेविरुद्ध जसरी पनि जित हात पार्नु पर्ने बताए । “एमाले के चिज हो भन्ने कुरा धेरै लामो अनुभव तपाईंहरूले हासिल गर्नुभएको छ । मेरो पनि तीनवर्षको अनुभव त भयो । सँगै बसेर अनुभव गरेँ” उनले भने,–“अब हामी सबै अनुभव हासिल गरेकाहरू एकजुट भएर ब्याटल जित्नुपर्छ । हामीले जित्छौँ ।”
चुनावमा माओवादीले जित्नु राष्ट्र, परिवर्तन,संघीयता, लोकतन्त्र र गणतन्त्रकै जित हुने प्रचण्डको दावी थियो ।








प्रतिक्रिया