खोज–अनुसन्धान

कपिलवस्तुमा उम्मेदवार सिफारिस गर्न एमाले पदाधिकारीलाई अख्तियारी, ६० प्रतिशत स्थान जित्ने दावि



कपिलवस्तु ३० चैत्र । नेकपा एमाले कपिलवस्तुको जिल्ला सचिवालय बैठकले १० बटै पालिकावाट आएका उम्मेदवारका नामावलीवारेमा आज ब्यापक छलफल गरेकोछ । बैठकमा १० वटा पालिकाका इन्चार्जले स्थानीय स्तरवाट सिफारिस भई आएका उम्मेदवारको नामावली पेश गरेपछि विधिवत छलफल भएको हो । सबै स्थानीय तहवाट आवश्यकता भन्दा धेरै नामावली आएकाले ती नामावली उपर विशेष छलफल जारी राख्दै टुंगोमा पुराउने जिल्ला सचिवालय बैठकले पदाधिकारीलाई अख्तियारी प्रदान गरेको छ ।

बैठकका निर्णयवारे जानकारी दिदै सचिव सिवि गहतराजले स्थानीय कमिटीवाट आएका सिफारिस जिल्लावाट पदाधिकारीमा अख्तियारी प्रदान गर्ने निर्णय भएको वताउनु भयो । बैठकलाई संवोधन गर्दै एमालेका केन्द्रिय नेता गिरधारीलाल न्यौपानेले कुनै दिन एक्लै दुईतिहाई जितेको नेपाली कांग्रेस यतिबेला एमालेसंग चुनाव लड्न ५ दललाई साथमा लिनै पर्ने वाध्यतामा पुगेको भन्दै अव धेरैदिन कांग्रेसको अस्तित्व नरहने स्पष्ट पार्नु भयो । स्थानीय तहका वडा हुदै पालिकावाट सिफारिस भएका नामावलीलाई गहन विचार गरेर पार्टी पदाधिकारीले उम्मेदवारी टुंगाउने भन्दै पार्टीको निर्णय जे जस्तो आएपनि सहर्ष स्वीकार्नु कम्युनिष्ट संगठनात्मक पद्धती भएको जिल्ला नेतालाई अध्यक्ष डम्मर प्रसाद शर्माले स्मरण गराउनु भयो ।

उहाले यसपालि कपिलवस्तुका ६० प्रतिशत स्थानीयतहमा एमाले एक्लै जित्ने र जिससको नेतृत्व समेत हात पार्ने दृढता प्रकट गर्नु भयो । जिल्ला सचिवालय बैठकमा एमालेका केन्द्रिय नेता एवम कपिलवस्तु इन्चार्ज वलाराम अधिकारी ,प्रदेश कमिटीका सचिवालय सदस्य झविलाल पोखरेल,जंजिर थारु, शानितदेवि हरिजन ,टेकराज पौडेल , मित्रलाल शर्मा , बसन्त खनाल लगायतको आतिथ्यता थियो

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६