खोज–अनुसन्धान

वीरगञ्ज महानगरमा कांग्रेसले अरुसँग तालमेल नगर्ने घोषणा :देउवालाई जबाफ हामी तिम्रो रैती होइनौ



पर्सा ३० चैत्र । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अरु दलसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ । केन्द्रमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगञ्ज महानगरमा जनता समाजवादी पार्टी ९जसपा० लाई दिने सहमति गरेपछि कांग्रेस नेताहरुले केन्द्रको निणर्य स्वीकार्न नसक्ने घोषणा गरेका हुन् । बरु केन्द्रको घोषणाविरुद्ध विद्रोह गर्ने उनीहरुले चेतावनी दिएका छन्।
महानगर सभापति र क्षेत्रीय सभापतिसहितका नेताहरुले पत्रकार सम्मेलन गरेर वीरगञ्ज महानगरमा कुनै पनि हालतमा अरु दलसँग चुनावी तालमेल नगर्ने बताए । पर्सा क्षेत्र(१ का क्षेत्रीय सभापति अरविन्द गुप्ताले वीरगञ्जका नेता कार्यकर्ताको जनभावना केन्द्रले सुन्ने विश्वास गरे ।
‘केन्द्रले हाम्रो चाहना र भावना बुझेन र जबरजस्ती निणर्य लाद्न खोज्यो भने हामी विरोध मात्रै होइन, विद्रोह पनि गर्छौ,’ उनले भने । वीरगञ्ज महानगरमा अरु दलसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको केन्द्रीय कार्यसमितिमा लिखितरुपमै जानकारी गराइसकेको उनले बताए ।

‘वीरगञ्जमा कांग्रेसको मुख्य प्रतिस्पर्धा जसपासँगै छ । हामी एक्लै चुनाव लडेर सजिलै जित्ने स्थितिमा छौं । यहाँ गठबन्धन स्वीकार्य छैन र हुँदैन पनि,’ गुप्ताले भने । केन्द्रले गठबन्धनको निणर्य कार्यान्वयन गर्न निर्देशन दिए के गर्नु हुन्छ रु भन्ने प्रश्नमा गुप्ताले भने, ‘हामी पार्टीमै विद्रोह गरेर बागी उम्मेदवार खडा गरेर निर्वाचन लड्न पनि सक्छौं । यस विषयमा आन्तरिक छलफल भइरहेको छ ।’वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीले पनि वीरगञ्ज महानगरमा अरु दलसँग गठबन्धनको आवश्यकता नरहेको र केन्द्रले जबरजस्ती गरे पनि गठबन्धन नमान्ने बताए । महानगरका ३२ वटै वडाका कांग्रेस बुथ सभापतिले गठबन्धन आवश्यक नरहेको र गठबन्धनमा नजाने भनेर लिखितरुपमै सुझाव दिएको जानकारी उनले गराए ।
‘३२ वटै वडामा कांग्रेसको जनहलर छ । जिताउन सकेनौं भने चुनावपछि राजीनामा दिन्छौं भनेर बुथ सभापतिहरुले लिखितरुपमै प्रतिबद्धता पनि जनाएका छन्,’ उनले भने । २०४६ सालपछि वीरगञ्जमा कांग्रेसको सबैभन्दा राम्रो अवस्था अहिले रहेको उनको दाबी छ । त्यस्तै नगर उपसभापति सन्तोष गुप्ताले अरु दलसँग अप्राकृतिक गठबन्धन नगर्ने चेतावनी दिए । उनले आफूहरु पार्टी सभापति देउवाको रैती नभएको बताए ।

त्यस्तै पर्सा क्षेत्र(२ का कांग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले पनि वीरगञ्ज महानरमा अरु दलसँग चुनावी गठबन्धन गर्न आवश्यक नरहेको बताए । उनले कांग्रेसको जनलहर बढेकाले वीरगन्जमा कांग्रेस एक्लैले चुनाव लडेर जित्ने अवस्था रहेको बताए ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य अजय चौरसिया पनि वीरगञ्जमा गठबन्धन गर्ने केन्द्रको निणर्यको विपक्षमा उभिएका छन् । वीरगञ्जको मेयरमा कांग्रेसले अरु कुनै पनि दलसँग सम्झौता नगर्ने उनले बताए । ‘वीरगञ्जको मेयरमा कांग्रेस आफैं चुनाव लड्छ । पछिल्लो पटक केही प्राविधिक कारणवश पराजित भएको कांग्रेस यस पटक जितेर देखाउँछ,’ उनले भने ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६