खोज–अनुसन्धान

जनमोर्चा अध्यक्ष केसी आज कपिलवस्तुमा : चुनावी सभालाई संबोधन गर्ने




कपिलवस्तु २ बैशाख । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी कपिलवस्तु आउनुहुने भएको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, संघियताको खारेज गरौ भन्ने मुल नाराका साथ वैशाख २ गते आज ) कपिलवस्तुको बाणगंगा नगरपालिका ६ सुठौलीमा आयोजित चुनावी सभालाई सम्बोधनका लागि आउनुहुने भएको हो ।
राष्ट्रिय जनमोर्चा बाणगंगा नगर कमिटी कपिलवस्तुद्धारा आयोजित चुनावी सभामा गठबन्धनलाई सार्थकता दिन र समसामयिक विषयमा सम्बोधन गर्ने अध्यक्ष केसीको कार्यतालिका रहेको छ । स्थानीय तहको चुनाव नजिकिदै गर्दा जनमोर्चाका केन्द्रिय अध्यक्षनै आउने भए पछि यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ । कार्यक्रममा उपस्थितीका लागि आम जनसमुदायलाई राष्ट्रिय जनमोर्चा बाणगंगा नगर कमिटीले आह्वान गरेको छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६