प्रदेश

आजदेखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु




काठमाडौं, ०२ वैशाख । आज (बैशाख २ शुक्रबार) देखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु हँदै छ । आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजदेखि भर्ना अभियान सुरु गर्न लागिएको हो ।

नयाँ भर्ना अभियान सुरु गर्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलका अनुसार भर्ना अभियान यही वैशाख ३१ गतेसम्म सञ्चालन गरिने छ । यस अवधिमा देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले विद्यार्थीको नयाँ भर्ना लिइसक्नुपर्ने केन्द्रले जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गएको चैत २१ गते नै सूचना प्रकाशित गरेर भर्ना अभियान र परीक्षा सञ्चालन वैशाखभित्रै सक्न स्थानीय र विद्यालयहरुलाई निर्देशन दिएको थियो । यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न भनिए पनि भर्ना अभियान भने नाराजुलुससहित नगर्न केन्द्रले निर्देशन दिएको छ । सरकारले कोभिड संक्रमण अघिसम्म वैशाख १ गते नारा जुलुस नै गरेर नयाँ भर्ना अभियान सञ्चालन गर्दै आएको थियो ।

कोरोना संक्रमणको जोखिम अझै अन्त्य नभइसकेको कारण नाराजुलुसबाहेक वैकल्पिक माध्यमबाट भर्ना अभियान सञ्चालन गर्न केन्द्रले भनेको छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६