खोज–अनुसन्धान

२१ वर्षअघि कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी पक्राउ



सुर्खेत २ बैशाख – सुर्खेत प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादीलाई पक्राउ गरेको छ । 

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका ८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज शुक्रवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ ।  

प्रहरीकाअनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसलाअनुसार जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर भागेका भागेका थिए । विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो । 

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६