अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड क्रिकेट टोलीका कप्तान जो रुटले दिए राजीनामा



काठमाडौं २ बैशाख : इंग्ल्यान्ड टेस्ट क्रिकेट टोलीका कप्तान जो रुटले शुक्रबार पदबाट राजीनामा दिएका छन् । वेस्ट इन्डिजविरुद्धको शृंखला गुमाएपछि रुट कप्तानको जिम्मेवारीबाट हटेका हुन् ।

३१ वर्षीय रुट सन् २०१७ मा इंग्ल्यान्ड टेस्ट क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए । उनले एलेस्टर कुकको स्थान लिएका हुन् । रुटकोे कप्तानीमा इंग्ल्यान्डले पाँच वर्षमा कीर्तिमानी धेरै टेस्ट खेल जितेको छ ।

इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्ट १० विकेटले हारेकोे थियो । पहिलो र दोस्रो टेस्ट बराबरीमा सकिएको थियो । इंग्ल्यान्ड पछिल्ला नौ खेलमा जितविहीन छ । रुटले सुरुमा कप्तानी नछाड्ने संकेत दिएका थिए । तर, शुक्रबार रुटले ‘जिम्मेवारीबाट हट्ने यो सही समय’ भएको बताएका छन् ।

“देशको कप्तानी गर्न पाउँदा म अत्यन्तै गैरवान्वित छु । र, यो पाँच वर्षलाई फर्केर हेर्दा पनि मलाई गर्व नै लाग्छ,” रुटले भनेका छन्, “इंग्ल्यान्ड क्रिकेट सफलताकोे शिखरमाा हुँदा त्यसको नेतृत्व गर्न पाउनु मेरा लागि गर्वको कुरा हो ।”

रुटले कप्तान हुँदा पाँच हजार २९५ रन बनाएका छन् । त्यो कुनै पनि इंग्ल्याान्डका कप्तानले बनाएको भन्दा धेरै रन हो । उनले त्यसक्रममा १४ शतक प्रहार गरेका छन् ।

रुटको कप्तानमा इंग्ल्यान्डले २०१७/१८ र २०२१/२२ मा अष्ट्रेलियाविरुद्धको एसेस शृंखला ४–० ले हारेको थियो । रुटले ६४ टेस्ट क्रिकेटमा कप्तानी गरे । उनको कप्तानीमा इंग्ल्यान्डले २७ खेल जितेको थियो भने २६ खेल हारेको थियो ।

पछिल्ला १७ टेस्टमध्ये इंग्ल्यान्डले एक खेल मात्र जितेको छ । त्यो १९८० पछिकै सबैभन्दा खराब प्रदर्शन हो ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६