खोज–अनुसन्धान

लुम्विनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुखमा पोख्रेल नियुक्त



बुटवल २ वैशाख । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोख्रेललाई नियुक्त गरेको छ । पोख्रेललाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराइएको छ । शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको पहिलो सपनाका रूपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिए ।यसअघिका प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि पोख्रेललाई नयाँ सीईओ नियुक्त गरिएको हो ।नवनियुक्त प्रमुख कार्यकारी निर्देशक प्यूठानको ओखरकोट निवासी हुन् । उनी लामो समय सरकारी सेवामा कार्यरत थिए

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आहृवान गरिएको टेन्डर विवादित बनेपछि चैत १४ मा यसअघिका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले पदबाट राजीनामा दिएका थिए । त्यसयता उक्त पद खाली थियो ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १२ सय बेडसहितको १० तले भवन बनाउन यसअघि मूल्य अभिवृद्धि कर र कन्टिन्जेन्सी खर्चसहित ६ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ लागतको भवन निर्माण प्रक्रिया अघि बढेको थियो । सरकारले प्रतिवर्ष डेढ अर्ब दिने गरी काम सुरु गर्न लागेको थियो । भवन निर्माणको लागत सुरुमा ४ अर्ब ६६ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर ठेक्का आहृवान हुादा बढाएर ६ अर्ब ५९ करोड पु¥याइएको हो ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६