अर्थ-वाणिज्य

नया पदाधिकारीको पदभार ग्रहण, देशमा अस्थिरता निम्ताउन हामी सबै जिम्मेवार छौं : बलदेव



सरिता थारु
कपिलवस्तु ४ चैत्र । पुर्व मन्त्री एवं संघिय सांसद चक्रपाणी खनाल बलदेवलेआफ्नै पार्टी नेकपाले स्थिर सरकारको नारा आफैले विघटन गरि देशमा अस्थिरता निम्ताएको बताउनुभएको छ । उहाले २ तिहाई बहुमतको सरकारलाई अल्पमतमा पारी देशमा अस्थितरता आफैले निम्ताएको बताउनुभएको हो । कपिलबस्तु संचार सहकारीले नर्व वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।साथै उहाले पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दिको प्रमुख कारण देशको निर्यात कम हुनु नै रहेको उल्लेख गर्न भयो । उहाले देशको आर्थिक अवस्था सुधारका लागि देशमा बस्तुको उत्पादन बढाउदै निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाले आफु मन्त्री भएको समयमा विभिन्न बस्तुको निर्यातमा लागएको प्रतिबन्ध ठिक रहेको औल्उानुभयो । साथै उहाले त्यो समयमा खसी बोकाको निर्यातमा लगाएको प्रतिबन्धको १ बर्षको अवधिमा ८ करोडको आयात भएको दाबी गर्दै चालु अर्थिक वर्षको साडे ८ महिनाको अवधिमा ४३ करोडको आयात भएको बताउनुभयो ।यस्तै कार्यक्रममा लुमिबनी प्रदेशका सांसद विष्णु पन्थीले नया वर्ष २०७९ सालको शुभकामना दिदै गत वर्ष देशमा भएको राजनितीक उथलपुथलले देशको आर्थिक संकटमा परे पनि यस वर्षको सुरुवातसंगै यी कुराहरु नदोहोयोस भन्दै भन्नुभयो ।कार्यक्रममा नव निर्वाचित अध्यक्ष मित्रलाल शार्माले संचार सहकारीलाई थप मजबुत बताउन आगामी दिनमा गर्ने कार्यको प्रतिबद्धता व्यक्त गर्दै अगाडी भन्नुभयो ।
यसैगरी कार्यक्रममा पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपानेले धन्यवाद मन्तव्यत दिदै आफु पदमा नरहेपनि संस्थाको हितका लागि सधैव लागि पर्ने औल्याउनुभयो । कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितीका कार्यवाहाक संयोजक राजमणी बस्यालले सपथ ग्रहण गराउनु भएको थियो भने सबैलाई निर्वाचित प्रमाण पत्र समते प्रदान गरिएको छ । कार्यक्रम महासचिव सरोज खनालको संचालन, व्यवस्थापक भेषराज पाण्डेको स्वागत तथा पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६