खोज–अनुसन्धान

कपिलवस्तु नगरमा एमाले र कांग्रेस बिच प्रतिस्पर्धा




तौलिहवा ४ बैशाख ।आउने बैशाख ३० गते हुने निर्वाचनमा कपिलवस्तु नगरपालिकामा कांग्रेस र एमाले बिच नै प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा २०७४ मा कांग्रेसले मेयर, उप मेयर र वडा नम्बर २,३,५,७,८,१० मा जितेको थियो । गत निर्वाचनमा पुर्व मेयर रामदास गुप्ता स्वतन्त्ररुपमा मेयरमा उम्मेदवार बनेका थिए । उनी ५ हजार ६३१ मतका साथ दोश्रोे भएका थिए । त्यस बेलाका एमालेका उम्मेदवार अब्दुल रउफ खाले २ हजार ४६१ मतका साथ चौथो भएका थिए । अहिले दुबैको मत जोडदा एमालेका उम्मेदवार मजबुत स्थानमा जाने देखिन्छ । गत निर्वाचनमा बुजेशका समर्थक र एमाले गरी ५ वडाध्यक्ष जितेका थिए ।
आउने बैशाख ३० गते हुने निर्वाचन रोचक हुने भएको छ । एमालेबाट राजेश कुमार गुप्ताले टिकट पाए उनी र कांग्रेसका उम्मेदवार बिच नै प्रतिस्पर्धा हुने भए पछि सुदीप पौडल कुन पार्टी बाट चुनाव लडछन त्यसले पनि चुनाव रोचक बनोउने मतदाताहरु बताउछन । युवा माझ लोकप्रिय रहेको पौडेल जनता समाजबादी पार्टीमा प्रबेश गरी मेयरमा लडे भने त्रिपक्षीय भिड्रन्त हुने मतदाताहरु बताउन । तर जनता समाजबादी पार्टीमा उनी प्रबेश गर्छन या गर्दैनन अझै सम्म त्यस बारे कुनै जानकारी आएको छैन । २०७४ को निर्वाचनमा जनता समाजबादी पार्टीले ४ हजार ५४ मत ल्याई तेश्रो भएको थियो । कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६