खेलकुद

नवौं राष्ट्रिय खेलकुदः लोगो, मस्कट, नारा खुल्ला छनोटबाट गरिने




काठमाडौं, ०४ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना निकालेको छ । राखेपले आइतबार खुल्ला प्रतिस्पर्धाबाट लोगो, मस्कट, गीत रचना र नारा छनोट गर्न सूचना निकालेको हो ।

राखेपले वैशाख ११ गतेसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको हो । लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब झल्कने, नवौं राष्ट्रिय खेलकुद झल्कने खेलकुद समेटिएको र शक्तिको प्रतिक भएको हुनुपर्ने बताईएको छ । मस्कटमा गण्डकी प्रदेशको प्रख्यात जनावर तथा गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्नेछ ।

छनोट भएका लोगोलाई ५० हजार रुपैयाँ, मस्कटलाई २५ हजार रुपैयाँ, गीत रचनालाई २० हजार रुपैयाँ र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख छ । आगामी २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा प्रतियोगिता हुँदैछ । गत साता बसेको मन्त्रिपरिषद्को निर्णयले प्रतियोगिता जेठ तेस्रो साता गर्ने निर्णय गरेको हो ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६