अर्थ-वाणिज्य

लुम्विनी प्रदेश खर्च गर्न असक्षम सावित :९ महिनामा कति भयो खर्च ?




बुटवल ४ बैशाख।चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी छ । तर, आर्थिक वर्ष पूरा हुनै लाग्दासम्म लुम्बिनी प्रदेशमा पूँजीगत खर्च एक तिहाई पनि हुन सकेको छैन । आर्थिक वर्षको ९ महिना बित्दा पूँजीगत खर्च नबढ्नुले प्रदेश सरकारको विकास निर्माण कार्य सुस्त भएको देखाउँछ । विगतका वर्षझै यसवर्ष पनि प्रदेशमा विकासका कार्यले गति लिन नसक्दा वर्षको अन्त्यमा बजेट सक्ने हतारो हुने संकेत देखिएको छ ।
आर्थिक वर्ष २०७८/७९ को ९ महिना पूरा भइसक्दा लक्ष्यको ३१.६८ प्रतिशत मात्रै पूँजीगत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जबकी गत आर्थिक वर्ष २०७७/७८ मा पूँजीगत तर्फको ४२.१० प्रतिशत बजेट खर्च भएको थियो । यस्तै लम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ९ महिनामा ३४.३३ प्रतिशत चालू खर्चतर्फको बजेट खर्च भएको छ । पूँजीगत र चालू खर्च गरी चैत्र मसान्तसम्म ३२.८८ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।
गत आर्थिक वर्षको यही समयसम्म चालुतर्फ ४५.२० प्रतिशत बजेट खर्च भएको थियो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार पूँजीगततर्फ र १३ अर्ब ६४ करोड ५७ लाख १० हजार चालु खर्चका लागि बजेट बिनियोजन भएको थियो । त्यसमध्ये चालु र पूँजीगत गरी १३ अर्ब ४६ करोड ५८ लाख ३६ हजार ५६६ रुपैंया मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६