खोज–अनुसन्धान

शिक्षामा उत्कृष्टता हासिल गर्ने गाउको सिंहदरवारवाट सम्मानित



भगवती न्यौपाने
कपिलवस्तु ४ बैशाख ।कपिलवस्तुले जिल्लाको वाणगंगा नगरपालिकाले आईतवार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा वाणगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सेवा निर्बित्त गरेका शिक्षक २९ जना, एम फिल गरेका ५ जना, विधावारिधि पि.एच.डी गरेका २ जना शिक्षा प्रमेमीहरु सम्मानित भएका छन् । यसैगरी विज्ञान विद्यार्थी प्रतिभा प्रहिचान गरेका १ जना विद्यार्थी , नगर हुर्दै प्रदेश सम्म उत्कृष्ट हुने विद्यार्थी, नगरमा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थी लगायत साहित्य क्षेत्रमा राम्रो पहिचान बनाउने विद्यार्थीलाई सम्मान गरिएकोछ ।
सो अवसरमा नगर प्रमुख मंगल प्रसाद थारुले बोल्दै सम्मानीत हुने सम्पूर्ण शिक्षकहरुलाई बधाई दिदै आगामी दिनमा नगरलाई साथ सहयोग हुने बताउनु भयो यता नगर देखि प्रदेश सम्म उत्कृष्ट हुने विद्यार्थीले आफनो, विद्यालय परिवार र नगरको नाम उच्च बनाउन सफल भएकोमा बधाई दिदै आगामी दिनमा अझ सफलताको शुभकामना दिनु भयो ।
उप सचिव बाबुराम भट्राइले स्वागत मन्तव्य राख्दै शिक्षा क्षेत्रमा नगरले धेरै राम्रो स्थान बनाउन सफल भएको बताउनु भयो । अधिकृत खिमबहादुर जिसिले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख चक्र पाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुषाल, सामाजिक विकास डिभिजन कार्यलय प्रमुख कपिलवस्तुका सूर्य प्रसाद भुषाल लगायत नगरका शिक्षकहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६