खेलकुद

आईपीएल क्रिकेटमा हैदराबादले पन्जाबलाई हरायाे



काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पन्जाब किङ्ग्सलाई सात विकेटले हराएकाे छ । 

मुम्बईमा पन्जाबले दिएकाे एक सय ५२ रनकाे लक्ष्य हैदराबादले १८ ओभर पाँच बलमा मात्र तीन विकेट गुमाएर भेटायाे । हैदराबादका लागि एडन मारक्रमले ४१ र निकाेलस पुरनले ३५ रन बनाए । यस्तै राहुल त्रिपाठी ३४ र अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । बलिङतर्फ पन्जाबका राहुल चाहरले दुई र कागिसाे रबाडाले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पन्जाब निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ५१ रन बनायाे । पन्जाबका लागि लायम लिभिङस्टाेनले ६० र शाहरुख खानले २६ रन बनाए । बलिङतर्फ उमरन मलिकले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए । 

आजकाे जितसँगै हैदराबाद आठ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । पन्जाब भने ६ अङ्कसहित साताैँ स्थानमा छ । 

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६