खोज–अनुसन्धान

लुम्विनीका कुन उपमहानगरमा कतिछन् मतदाता र मतदान केन्द्र ?




कपिलवस्तु ६ बैशाख । वैशाख ३० गते हुने पालिकाको चुनावको तयारी तीव्र रुपमा भइरहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय दाङ, राजनीतिक दल तथा सुरक्षा निकाय आआफ्नै किसिमले चुनावको तयारीमा जुटेका हुन् । राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक सामग्री खरिददेखि आन्तरिक तयारीसम्मका काममा व्यस्त रहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ पालिकामा ३२ लाखभन्दा बढी मतदाताले यस पटकको निर्वाचनमा मतदान गर्दैछन् ।यी मतदाताका लागि लुम्बिनी प्रदेश भर एक हजार ६ सय २९ मतदान स्थलमा ३ हजार ८ सय ३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ती मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर त्यहीअनुसारको सुरक्षा तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
१२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरु अहिले चुनावका लागि आवश्यक सामग्रीहरु खरिद, आवश्यक जनशक्तिको आकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेकोा प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको तयारी अन्तरगत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने कम्प्युटर अप्रेटरको तालिम नेपालगञ्जमा भइरहेको कार्यालयले जनाएको छ । चार वटा उपमहानगरपालिका रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतदाता घोराही उपमहानगरपालिकामा एक लाख १२ हजारभन्दा बढी रहेका छन् । जुन २०७४ सालको चुनावको भन्दा ३४ हजार ५ सयले बढी हो । यस्तै, दोश्रो बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा २०७४ सालको भन्दा ३० हजार ७ सय ८४ मतदाता थपिएर यस पटक एक लाख ७ हजार पुगेका छन् ।
बुटवल उपमहानगरपालिकामा ९० हजार मतदाता रहेका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाताले यस पटकको पालिकाको निर्वाचनमा सहभागिता जनाउँदै छन् । प्रदेशमा कृयाशील राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त रहेका छन् । वडा तहबाट सम्भावित उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाइसकेको र माथिल्ला कमिटीहरुले उम्मेदवार छनोट पक्रिया अन्तिम चरणमा पुर्याएको राजनीतिक दलहरुले जनाएका छन् ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६