रसुवा – रसुवाको ९८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रणालीको विद्युतको पहुँच पुगेको छ । जिल्लामा विद्युत् उत्पादन भएको दुई दशक हुनै लाग्दा सबै क्षेत्रमा विद्युत् सेवा पुग्न लागेको छ । अब दुई प्रतिशत घरमा मात्र विद्युत् सेवा पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार लाङटाङ र क्यान्जिन क्षेत्रमा विद्युत् पुर्याउन बाँकी छ । त्यहाँ माइक्रो हाइड्रो सञ्चालनमा छ । विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने काम नियमित भइरहेको वितरण केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीले बताउनुभयो । आर्थिक वर्ष २०७५/७६ को असारसम्ममा जिल्लाको ८६ दशमलव ८९ प्रतिशत घरमा विद्युत् पुगेको थियो । पालिकाले विद्युत् नपुगेको क्षेत्रमा विद्युत् पुर्याउनका लागि समन्वय गरेका थिए ।
जिल्लाका नौ हजार सात सय ३२ घरमा विद्युत् पुर्याइएकाे नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको आमाछोदिङ्मोमा एक हजार तीन सय ३, नौकुण्डमा दुई हजार दुई सय ६६, कालिकामा दुई हजार एक सय ६, गोसाइँकुण्डमा दुई हजार दुई सय १४ र उत्तरगयामा एक हजार आठ सय ४३ घरधुरी छन् ।
जिल्लामा अहिले दुई वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिसकेका छन् । यस्तै अहिले १० वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।
प्रतिक्रिया