प्रदेश

चुनाव सार्न खाेजे एमाले चुप लागेर बस्दैन : अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो ।

आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई अघि सारेर चुनाव सार्न खोजिरहेकाले यदि त्यसो गरिएमा एमाले चुप लागेर नबस्ने अध्यक्ष ओलीकाे भनाइ छ । नेत्रविक्रम चन्द विप्लवकै कारण चुनाव रोकिने हो भने विप्लव नेतृत्वको नेकपालाई सूर्य चिह्नबाट चुनाव लड्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धन अपवित्र रहेको आराेप लगाउँदै कांग्रेस भिजन र सिद्धान्तविहीन पार्टी भएकाले यसको भविष्य नरहेको जिकिर गर्नुभयोे । उहाँले ‘सिद्धिन लागेका’ पुष्पकमल दाहाल प्रचण्डलाई ५३ सिटमा पुर्‍याए पनि आखिर डसेर गएको दुखेसो गर्नुभयोे ।

अध्यक्ष ओलीले बाटो, बिजुली र सञ्चार विकासको मुख्य मेरुदण्ड रहेको भन्दै यी विना कुनै काम सम्भव नरहेको बतउनुभयो । 

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६