खोज–अनुसन्धान

कस्तो विडम्वना :लुम्विनीमा एक वर्षयता मासिक ३५ जना बलात्कृत




रुपन्देही ६ बैशाख । लुम्विनी प्रदेशमा एक वर्षयता मासिक ३५ जना बालात्कृत हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । औषत रुपमा हेर्दा हरेक दिन १ भन्दा बढी वलात्कारका घटना भएका हुन् । गत २०७८ साल वैशाख १ गते देखि चैत्र मसान्तसम्म एक वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरूमा कूल ४११ वटा बलात्कार घटनाका उजुरी परेको तथ्याङ्क प्राप्त भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केदार रजौरेले उपलब्ध गराएको विवरण अनुसार त्यस अवधिमा बाँकेमा ६३ वटा बलात्कार घटनाका उजुरी परेका छन् ।त्यस्तै बर्दियामा ५७ वटा, दाङमा ८३ वटा रोल्पामा १८ वटा, प्युठानमा २० वटा, रुकुम पूर्वमा ४ वटा, कपिलवस्तुमा ३८ वटा, रुपन्देहीमा ६८ वटा, नवलपरासी पश्चिममा १९ वटा, पाल्पामा २१ वटा, गुल्मीमा १३ वटा र अर्घाखाँचीमा ७ वटा बलात्कार घटनाका उजुरी परेका हुन् ।

बलात्कृत हुनेहरूमा १६ वर्ष मुनिका १७३ जना बालिका रहेका छन् । १६ देखि १८ वर्ष मुनिका ९० जना रहेका छन् । १८ देखि २५ वर्षमुनिका ७२ जना रहेका छन् ।२६ देखि ३५ वर्षका ३६ जना रहेका छन् । २६ देखि ४५ वर्षका २५ जना रहेका छन् । ४६ देखि ६० वर्ष मुनिका १३ जना र ६० वर्षदेखि माथिका २ जना महिला बलात्कृत भएका छन् । सबैभन्दा कम उमेरकी ३ वर्षीया बालिका बर्दियामा एक जना र पाल्पामा एक जना गरी दुई जना बालिका यौन हिंसाको शिकार भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६